Skip to main content

Service

Dhruba Bahadur Pradhan is currently the Vice-President of the Rastriya Prajatantra Party. He spent the majority of his life in Nepal Police, serving the country for 3 decades, culminating his career as the Inspector General of Police (IGP).
ध्रुव बहादुर प्रधान हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा)का उपाध्यक्ष हुनुहुन्छ।३ दशकसम्म देशको सेवा गर्दै आफ्नो जीवनको अधिकांश समय नेपाल प्रहरीमा बिताउनुभएको वहाँ नेपाल प्रहरीको वरिष्ठ पद आइजिपिसम्म पुग्न सफल हुनुभएको थियो ।

Dhruba Pradhan
Service

Dhruba Bahadur Pradhan is currently the Vice-President of the Rastriya Prajatantra Party. He spent the majority of his life in Nepal Police, serving the country for 3 decades, culminating his career as the Inspector General of Police (IGP).
ध्रुवबहादुर प्रधान हाल राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा)का उपाध्यक्ष हुनुहुन्छ।३ दशकसम्म देशको सेवा गर्दै आफ्नो जीवनको अधिकांश समय नेपाल प्रहरीमा बिताउनुभएको वहाँ नेपाल प्रहरीको वरिष्ठ पद आइजिपिसम्म पुग्न सफल हुनुभएको थियो ।
Dhruba Pradhan

Nepal Police Service

Dhruba Pradhan’s service in police career evolved and grew with the ebb and flow of the changes Nepal was going through. When he decided to join the Nepal Police, he shares, “This is a profession I chose, tyasaile maile esma sabai bhanda awal niskinchu bhanne manasikta liyein.” With the mindset to become the best in the force, he worked hard to manifest his vision to be the best at every level during career.

त्यो समयमा मुलुकमा भइरहेको आन्दोलनकारी परिवर्तनहरुसँगै ध्रुब बहादुर प्रधानको प्रहरी करियरले पनि गति लिँदै गयो। प्रहरी बलमा प्रवेश गर्ने निर्णयलाई सम्झँदै वहाँ भन्नुहुन्छ, “यो मैले रोजेको पेशा हो। त्यसैले मैले यसमा सबैभन्दा अब्बल निस्किनुपर्छ भन्ने मानसिकता बनाँए। प्रहरी बलमा सर्वश्रेष्ठ हुने लक्ष्यका साथ वहाँले आफ्नो पुरै कार्यकालमा हरेक तहमा उत्कृष्ट बन्न कडा मेहेनत गर्नुभयो।

Dhruba Pradhan
Dhruba Pradhan

2027-2028 BS

In the police service, in his first 9 months of training, there were weekly tests. In the first week, he came first in the trial. Once he came first, he didn’t feel like coming second, so throughout the 9 months of training, Dhruba Pradhan continued to excel and set the benchmark, whether for Physical activity, any sport, or being in the best dressed in this parade (Kawaj). He fondly remembers that only one colleague was better than him in one sport- football- and shares that with his winning mindset, he worked hard to be the best version of himself to retain his no. 1 position during his training.

प्रहरी सेवामा प्रवेश गर्दा प्रशिक्षणको शुरुवाती ९ महिनासम्म हरेक हप्ता परिक्षा हुन्थ्यो , पहिलो हप्ता नै वहाँ परिक्षामा प्रथम हुनुभयो । त्यसपछि वहाँको मनले कहिल्यै दोश्रो हुन मानेन र आज भन्दा भोली, भोली भन्दा पर्सि आफ्नो उत्कृष्टता प्रदर्शन गर्दै र प्रशिक्षणमा आफुलाई निखार्दै जानुभयो। प्रशिक्षणको पुरै ९ महिनासम्मै चाहे शारीरिक प्रशिक्षण होस् वा अन्य कुनै खेलकुद वा परेडमै पनि उत्कृष्ट पहिरनको समेत उपाधी जित्न सफल हुनुभयो। वहाँ सम्झनुहुन्छ, केवल फुट्बलमा चाँहि वहाँ भन्दा वहाँको समकक्षीको प्रदर्शन राम्रो थियो। सबै विधामा आफु नम्बर वान हुने उत्कट चाहना र विजयी मानसिकताको साथ पुरै प्रशिक्षणको अवधि भर वहाँले कडा मेहेनत गर्नुभयो।
His hard work resulted in him winning the best all round award and being honored with a khukuri sword by the then Home Minister Rudra Prasad Giri.
वहाँको कडा परिश्रमले वहाँलाई सबै विधामा नै सर्वोत्कृष्टको पगरी दिलायो र तत्कालिन गृह-मन्त्री रुद्र प्रसाद गिरीको हातबाट खुकुरी त/र्वारको दर्ज्यानी चिन्हबाट सम्मानित हुने अवसर दिलायो ।

2028 BS

Dhruba B. Pradhan was posted as the Gulmati- Company Commander of the No. 2 Battalion at the Naxal, Police Headquarter. While he was the Company Commander, he started running night classes for his battalion, as most people who entered the police force at the time were not fully literate.

वहाँ प्रहरी प्रधान कार्यालय नक्सालमा २नम्बर बटालियनको गुलमटी–कम्पनी कमाण्डरका रुपमा कार्यरत हुनुहुन्थ्यो। कम्पनी कमाण्डर हुँदा वहाँले आफ्नो बटालियनका लागि रात्रिकालीन कक्षाहरू सञ्चालन गर्न थाल्नुभयो किनकि त्यतिबेला प्रहरी बलमा भर्ना भएका अधिकांश जवानहरु पूर्ण रूपमा साक्षर थिएनन्।

As Dhruba Pradhan embarked on his career, he moved forward with a humanitarian approach and with the belief that पुलिसले अनुशासनमा रहेर काम गर्नु पर्छ अनी निष्पक्षताको साथ न्याय दिनु पर्छ.”

वहाँले शुरुदेखि नै मानवीय दृष्टिकोणको साथ आफ्नो करियर शुरु गर्नुभयो। प्रहरी जवान भएर सदैव अनुशासनमा रहनुपर्छ र निष्पक्षताको साथ न्याय दिनुपर्छ भन्ने कुरामा वहाँ सधैं दृढ विश्वासी हुनुहुन्थ्यो।

Within the year he was also posted to the Training Center. After this in his personal life, he got married  to his wife and life partner Ms. Nirmala Shrestha.

एक वर्षभित्रै वहाँ तालिम केन्द्रमा पनि तैनाथ हुनुभयो र यसै समयमा वहाँको सुश्री निर्मला श्रेष्ठसँग विवाह पनि भयो ।

2031-2032 BS

Dhruba Pradhan

Posted to the Far West in Kailali as the District Head.

Of his time in Kailali, one incident continues to play on his mind. When Dhruba Pradhan was stationed in Kailali, there was a murder case, where it seemed like someone who had a difference of opinion with the Panchayat there, was being framed for murder. There was pressure from the Anchalaadish as well, to prove the guilt of the person. It became one of the first cases in the region, where the Police Inspector conducted the investigation, and he found that there was very limited proof to prove the blamed person’s guilt. There was a lot of political pressure, and since he was going against the regional leadership, Dhurba Pradhan was falsely blamed for taking money to prove the person’s innocence. This was one case where he could only provide his assessment and recommendation, but as a junior police officer, he couldn’t influence the outcome of the case. While the person eventually was proven innocent and freed, he has always remembered this case as one where he couldn’t provide justice in the same instance.

यो समयमा वहाँ जिल्ला प्रमुखको रुपमा सुदुर्पश्चिम कैलालीमा खटिनुभएको थियो । कैलालीमा रहँदाको एउटा घटना वहाँको दिमागमा खेलिरहन्छ । वहाँ कैलालीमा तैनाथ हुँदा त्यहाँ एउटा हत्याको मुद्दा चल्यो, जसमा त्यहाँको पञ्चायतसँग मतभिन्नता भएका व्यक्तिलाई हत्याको आरोपमा फसाइएको थियो । उक्त व्यक्तिलाई अपराधी सावित गर्न अञ्चलधीशबाट पनि दबाब आयो। यो त्यस क्षेत्रमा पहिलो मुद्धा थियो जसको अनुसन्धान एक प्रहरी इन्स्पेक्टरले गरिरहेको थियो अनि आरोपितको कसुर सावित गर्न प्रमाण एकदमै थोरै थियो।

उक्त मुद्धामा राजनीतिक दबाब पनि निकै थियो र क्षेत्रीय नेतृत्वको विरुद्धमा गएकोले आरोपितलाई निर्दोष साबित गर्न पैसा लिएको झुटो आरोप पनि वहाँलाई लगाइएको थियो । यो त्यस्तो मुद्धा थियो जसमा वहाँले आफ्नो मूल्याङ्कन र सिफारिस मात्र दिन सक्नुहुन्थ्यो तर कनिष्ठ प्रहरी अधिकारीको हैसियतमा मुद्दाको नतिजालाई भने प्रभाव पार्न सक्नु हुन्नथियो। बहस पैरवीपछि अन्ततः उक्त आरोपित व्यक्ति निर्दोष साबित भएर मुक्त भए पनि वहाँ अझै पनि उक्त घटनालाई आफुले न्याय दिन नसकेको एक घटनाको रुपमा सम्झनुहुन्छ ।

Eventually, given his hard work and dedication, the same Anchalaadish who initially saw him as someone who didn’t follow orders, saw Dhruba  Pradhan had the best intention and dedication, and provided funds to establish a criminal record system for the first time in the region. Dhruba Bahadur Pradhan continued to focus on prioritizing safety and security for citizens, and worked tirelessly day in day out to win the confidence of the leaders who initially didn’t understand his independent thinking and approach.

पछि वहाँको कडा परिश्रम, असल सोच, न्याय प्रणाली प्रतिको समर्पण र निष्पक्षताबाट प्रभावित भएर उनै न्यायाधीशले प्रधानलाई त्यो क्षेत्रमा पहिलो पटक आपराधिक रेकर्ड प्रणाली स्थापना गर्न कोष उपलब्ध गराए जुन न्यायाधीशले उनलाई शुरुमा आदेशको पालना नगर्ने प्रहरी अफिसरको रुपमा व्यवहार गरेका थिए । प्रधानले नागरिकको शान्ति र सुरक्षालाई प्राथमिकतामा राख्दै गर्दै दिन-रात नभनी अथक परिश्रम गरिरहनुभयो। र, शुरुवाती दिनहरुमा आफ्नो स्वतन्त्र सोच र दृष्टिकोण नबुझेका नेताहरूको विश्वास जित्न सफल हुनुभयो।

2032 – 2036 BS

Dhruba Pradhan was appointed as the Command for the Nepalgung Training Center during these years. During this time several officers were recruited from Humla and Jumla by the quota system for their physical strength. He mentored these recruits and also taught them so that they could read and write. It was difficult for most of the recruits to adjust to the heat of Nepalgunj, and many would get blisters on their feet during training as they didn’t have appropriate footwear. He would dress the wounds and ensure that everyone was getting well-fed in his center.

यो समयमा ध्रुव नेपालगन्ज तालिम केन्द्रको कमाण्डमा नियुक्त हुनुभएको थियो। यस अवधिमा कोटा प्रणालीमा हुम्ला र जुम्लाबाट शारीरिक क्षमताको आधारमा धेरै अधिकृतहरूलाई भर्ती गरियो। उहाँले उनीहरुलाई तालिम दिनुभयो र पढ्न र लेख्न सिकाउनुभयो। पहाडी भेगबाट आएका ती जवानहरुलाई नेपालगन्जको गर्मी खप्नै गार्हो थियो । त्यस माथि राम्रो जुत्ता नभएर अधिकांशको खुट्टाको छाला उप्किएर घाऊ हुन्थ्यो । वहाँले ती घाऊहरु पनि सफा गरिदिनुहुन्थ्यो । र वहाँले उनीहरुले राम्रोसँग खाइरहेका छन् या छैनन् भनेर पनि सदैव सुनिश्चित गर्नु हुन्थ्यो ।

During this time, he started a welfare fund program within Nepal Police for the first time. First they started by running a small canteen in the field to raise the seed money to start a sewing unit. The sewing unit gave the wives of the officer an opportunity to earn additional income and savings.

यस अवधिमा वहाँले पहिलो पटक नेपाल प्रहरी भित्र कल्याणकारी कोष कार्यक्रम पनि शुरु गर्नुभयो । यसको लागि सिलाई युनिट शुरु गर्ने रकम जोहो गर्न त्यसै क्षेत्रमा क्यान्टिन चलाउन थालियो। सिलाई युनिटले अफिसरका पत्नीहरूलाई थप आय गर्ने र बचत गर्ने अवसर दियो।

2036 BS

Dhruba Pradhan as Nepal Police
In 1980s, a referendum on the system of government was held in Nepal, where voters were offered a choice between a non-partisan panchayat system and a multi-party system. Just before the referendum was held Dhruba Bahadur Pradhan was selected by the Royal Palace with the recommendation of the then IGP Durlab Kumar as the best DSP to take the lead in Kathmandu to maintain law and order.
1980 को जनमत संग्रहमा मतदाताहरूलाई निर्दलीय पञ्चायत प्रणाली र बहुदलीय प्रणाली बीच एउटा चुन्ने अवसर थियो। उक्त जनमत संग्रहको दौरान तत्कालीन प्रहरी महानिरीक्षक दुर्लब कुमारको सिफारिसमा राजदरबारले ध्रुव बहादुर प्रधानलाई काठमाडौंको शान्ति सुरक्षा कायम गर्न खटाएको थियो।
Dhruba Pradhan

During this time there was chaos and a sense of lawlessness in the capital; and police officers themselves had to live in fear due to the sense of recklessness by the people. Dhruba Pradhan was posted to Kathmandu to uplift the morale of the police. Being posted to the capital was a significant responsibility, and he managed to handle the challenging situation. During this time all the multi-party leaders would come to meet him, Hari Bol Bhattarai, PL Singh, Marcel Juloom; and his view was clear, मेरो तर्फबाट र निष्पक्ष काम हुन्छ as long as what you do is following the law and order.” He was ardent in the belief that the process should be democratic, fair and ensuring safety and security of the people.

यस अवधिमा राजधानीमा अराजकता र अनियम व्याप्त थियो । जनताको लापरवाहीका कारण प्रहरीहरु आफैं डरमा बाँच्न वाध्य थिए । प्रहरीको मनोबल उकास्न ध्रुवबहादुर प्रधानलाई काठमाडौँ पठाइएको थियो। राजधानीमा सरुवा हुनु उनको लागि महत्त्वपूर्ण जिम्मेवारी थियो, र उनले उक्त चुनौतीपूर्ण परिस्थितिलाई पनि सम्हाल्न सफल भए। यस अवधिमा हरिबोल भट्टराई, पीएल सिंह, मार्सेल जुलुम जस्ता विभिन्न पार्टीका नेताहरू उहाँलाई भेट्न आउँथे तर वहाँको दृष्टिकोण स्पष्ट थियो, “जबसम्म तपाईंहरु कानुन र व्यवस्थाको पालना गर्नुहुन्छ मबाट तटस्थ र निष्पक्ष काम हुन्छ।” वहाँले हरेक प्रक्रिया लोकतान्त्रिक, निष्पक्ष र जनताको शान्ती र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा सदैव अडिग हुनु हुन्थ्यो ।
After a relatively peaceful referendum, the decision was to bring in an improved Panchayat system- “ सुधारिएको पञ्चायत व्यवस्था ”.
त्यसपछि अपेक्षाकृत शान्तिपूर्ण जनमत संग्रहपछि पञ्चायत व्यवस्थालाई ‘सुधारिएको पञ्चायत व्यवस्थामा ल्याउने निर्णय भएको थियो।
Against this background, when he first moved to Kathmandu, he was also the first DSP to raid a high class gambling scene where several elite individuals were caught. The Anchalaadish at the time questioned his decision, “तपाईंले कस्को आदेशमा यो गर्नु भएको ?” As a young DSP, he boldly answered, “ मलाई क्रिमिनल समात्न कसैको आदेश चहिदैन , the law gives me the mandate for my action, it was my own decision.”Hence, while for some of the leadership then, it may have seemed like he was a police officer who didn’t listen to orders, he also stood out for following the law regardless of who the criminals were.
त्यसै पृष्ठभुमिमा जब वहाँ पहिलो पटक काठमाडौँ आउनुभयो, त्यो समयमा जुवातासमा छापा मार्ने वहाँ पहिलो डीएसपी हुनुहुन्थ्यो, जुन घटनामा थुप्रै उच्च घरानाका मानिसहरु पनि मुछिएका थिए । त्यतिबेला अञ्चलआधीशले समेत “तपाईंले यो कसको आदेशमा गर्नुभएको ?” भनेर वहाँको निर्णय माथि प्रश्न उठाए । तर युवा डीएसपी भएको नाताले उनले साहसपूर्वक जवाफ दिए, “मलाई अपराधी समात्न कसैको आदेश चाहिँदैन, कानूनले नै मलाई कारबाहीको जनादेश दिन्छ, र यो मेरो आफ्नै निर्णय हो ।” त्यसैले त्यो समयमा कतिपय नेतृत्वले आदेशको पालना नगर्ने प्रहरी अधिकारिको रुपमा वहाँलाई लिन्थे तर वहाँ कानुनको परिधि भित्र रहेर हरेक अपराधीलाई समात्न लागि पर्नुभएको थियो ।

Dhruba Pradhan

2038 BS

He established the Bhagwati murti (sthapana) at Prachanda Bhawan, which is the civil police hospital.
यो समयमा वहाँले निजामती प्रहरी अस्पतालको प्रचण्ड भवनमा भगवती मूर्ति स्थापना गर्नुभएको थियो ।

2041-2042 BS

He was posted in Dipayal as an SSP.
यो समयमा वहाँ एसएसपी भएर दिपायलमा खटिनुभएको थियो

During the time DB Lama was IGP. Dhruba Bahadur Pradhan worked with him to bring many reforms in the police system as the key planner and organizer to change the community police service system in Nepal (implementing his learnings from the koban system in Japan, and neighbourhood police system in Singapore), the police hospital, the police school and improvements for women police. As these reforms became popular with the police force, DB Lama found Dhruba Pradhan to be an indispensable part of the system.

डीबी लामा आईजीपी हुँदा वहाँसँग मिलेर ध्रुब बहादुर प्रधानले प्रमुख योजनाकार र आयोजकको रूपमा जापानको कोबान प्रणाली र सिंगापुर पुलिस प्रणालीबाट सिकेका कुराहरू कार्यान्वयन गर्दै प्रहरी प्रणालीमा सुधार ल्याउने र नेपालमा सामुदायिक प्रहरी सेवा प्रणालीलाई परिवर्तन गर्ने काम गर्नुभयो। पुलिस अस्पताल, पुलिस स्कूल र महिला प्रहरीका लागि सुधार जस्ता कार्यक्रमहरु प्रहरी बलमा लोकप्रिय हुन थालेपछि डीबी लामाले ध्रुव बहादुर प्रधानलाई प्रहरी प्रणालीको लागि अपरिहार्य अंशको रुपमा लिन थाले ।
As someone who represented the Nepal Police Force, he was able to develop positive relationships with his counterparts in many different countries: India, USA, UK, Japan, Thailand, New Zealand and Germany. He received many recognition and awards for his excellence in training and bringing in positive reforms to the Police force in Nepal. He had an opportunity to build strong bilateral relationships as someone who was on track towards senior leadership with the Nepal Police.
नेपाल प्रहरीको प्रतिनिधिको हैसियतमा उनले भारत, अमेरिका, बेलायत, जापान, थाइल्याण्ड, न्यूजिल्याण्ड र जर्मनीका विभिन्न देशका आफ्ना समकक्षीहरूसँग सकारात्मक सम्बन्ध विकास गर्न सक्षम भए। नेपालको प्रहरी प्रणालीमा सकारात्मक सुधार ल्याउन उल्लेख्य योगदान दिएबापत र उत्कृष्ट तालिम प्रदान गरेबापत वहाँले धेरै पुरस्कार र सम्मानहरु प्राप्त गर्नुभएको छ। उनले नेपाल प्रहरीको वरिष्ठ नेतृत्वको उम्मेदवारको रूपमा बलियो द्विपक्षीय सम्बन्ध निर्माण गर्ने अवसर पाए।

2046 BS

After the Jana Andolan there was a lot of instability in the country. He was selected to establish peace during this time.
जनआन्दोलनपछि मुलुकमा धेरै अस्थिरता भयो। यस समयमा उहाँलाई शान्ति स्थापनार्थ खटाइएको थियो।

2047 BS

A new constitution came into force in Nepal following the 1990 democratic movement; he continued to take his stance to make sure सबै पार्टीलाई समान व्यबहारको मानसिक्तातले अप्प्रोअच गरियो फोर शान्तिपूर्ण व्यवस्था.” Due his good interpersonal relations with his Indian counterparts, he was also able to catch the prime culprit who was involved in the LC Kaanda, and bring the concerned person to Nepal for due punishment.

सन् १९९० को लोकतान्त्रिक आन्दोलनपछि नेपालमा नयाँ संविधान लागू भयो। उनले “शान्तिपूर्ण व्यवस्ठाको लागि सबै पार्टीलाई समान व्यवहार” गर्ने आफ्नो सिद्धान्तमा अडान जारी राखे । भारतीय समकक्षीसँगको सुमधुर सम्बन्धका कारण उनले एलसी काण्डका मुख्य दोषीलाई पक्रन र सम्बन्धित व्यक्तिलाई उचित सजायको लागि नेपाल ल्याउन पनि सफल भए।

2049 BS

Dhruba Bahadur Pradhan was responsible to look after the Eastern Zone, where he worked closely with the then PM Girija Prasad Koirala to manage the situation with Bhutanese refugees. During his tenure in this region, in order to maintain peace and security in the border town area, he walked end to end on the southern border to uplift police morale and demoralize criminals.

यो समयमा वहाँले पुर्वान्चलको जिम्मेवारी सम्हाल्नुभएको थियो। जहाँ वहाँले भुटानी शरणार्थीहरूको अवस्था व्यवस्थापन गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मिलेर काम गर्नुभएको थियो। उक्त कार्यकालमा वहाँले सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने प्रहरीहरुको मनोबल उकास्न र अपराधीलाई निरुत्साहित गर्न दक्षिणी सीमानामै रहेर काम गर्नुभयो ।

Dhruba Pradhan

2050 BS

He became the AIG of the Nepal Police when Motilal Bohara was IGP. He was responsible for Operations and CID. He served as a Member Secretary for the Police Reform Commission. He advocated to push for custody suit management to reform the policing system, to make sure no one could be taken into custody without a formal court order to reduce the number of false accusations and people being charged under political pressure. This reform meant, if someone was accused, an investigation was required to prove their guilt.
मोतीलाल बोहरा आईजीपी हुँदा उनी नेपाल प्रहरीको एआईजी बनेका थिए । त्यो समयमा वहाँले अपरेशन र सीआईडीको जिम्मेवारी सम्हाल्नुभएको थियो। उनले प्रहरी सुधार आयोगको सदस्य सचिवको पनि हुनुहुन्थ्यो । उक्त समयमा उनले प्रहरी प्रणालीमा सुधार ल्याउन राजनीतिक दबाबमा आरोप लाग्ने र झुटा अभियोग लगाइने गलत प्रवृत्ति कम गर्न अदालतको औपचारिक आदेशविना कसैलाई पनि हिरासतमा राख्न नसकिने व्यवस्था ल्याउन पहल गर्नुभयो, साथै हिरासत मुद्दा व्यवस्थापनमा जोड दिन वकालत गर्नुभयो। जसको अर्थ थियो यदि कसैलाई आरोप लगाइएको छ भने उक्त आरोप अनुसन्धानद्वारा प्रमाणित गर्नुपर्छ ।
Nepal Olympic Committee

Nepal Olympic Committee

From 2006-2014 he served as the President of the Nepal Olympic Committee.

सन् २००६ देखि २०१४ सम्म उनले नेपाल ओलम्पिक कमिटीको अध्यक्षको रुपमा काम गरेका थिए ।

Rastriya Prajatantra Party

Dhruba Bahadur Pradhan participated in the elections through the Rashtriya Prajatantra Party.
ध्रुव बहादुर प्रधानले राष्ट्रिय प्रजातन्त्र पार्टी मार्फत निर्वाचनमा भाग लिएका थिए ।
Dhruba Pradhan in election